माघे संक्रान्तिको मेलादेखि म्याग्दी महोत्सव सम्म

वेनी बजारको नामले अहिले मात्र होइन उहिल्यै देखि अत्यन्त चर्चित र प्रसिद्बि पाएको देखिन्छ । कालीगण्डकी नदी र म्याग्दी नदी जस्ता नेपालका ठूला नदीहरुको दोभानमा शोभायमान रहेको वेनी बजारलाई पूर्वमा मल्लाजको डाँडा र दक्षिणमा हाडीभीरको शीरले वरिपरि सुरक्षा दिएर सानो उपत्यकाको आकृति दिएको छ । म्याग्दी जिल्लाको सदरमुकाम यसै वेनीबजार भएकोले सरकारी कार्यालयहरु जो जिल्लामा हुनु पर्दछ सबै नै छन् । यसबाहेक एन जि ओ सामाजिक सघ सगठन व्यापारिक औद्योगिक शैक्षिक प्रतिष्ठानहरु निजी व्यवसायिक फर्म पसलहरु घरेलु एव स्थानिय साना उद्योगहरु अहिले वेनी बजारको तामझाममा रमाएको छ ।विजुली वत्तीको उज्यालो यातायातको चहलपहल र टेलिफोन तथा मोवाइल फोनको सुजिधाले वेनीबजार पनि अब जिश्व मचबाट टाढा हुन परेको छैन ।यी आधुनिक भैतिक पूर्वाधारहरु वेनिबजारले उपभोग गर्न पाएको समयावधि एक दशक भित्रकै कुरा हो । त्यस अघि वेनिबजार पनि दुर्गम क्षेत्रको रुपमा अग्रपक्तिमा दरिएको थियो । यद्यपी ती भौतिक सुविधाहरु उत्कृष्ट र सर्वसुलभ भएका छैनन् काम चलाउ मात्र छन् भन्न सकिन्छ ।

 

वेनीबजारको व्यापारिक वैभव

बढीमा३ ४ दशक अघिकै कुरा होला सचारको नाममा आवासम्म विद्युतको नाममा गतिलो टर्चलाइट र यातायाको नाममा साईकलको पनि उपस्थिति थिएन । त्यो वेलामा हरेक वर्षको माघ १ गतेको वरपर वेनीबजारमा औ‌धि मेला लाग्दथ्यो । सो मेला माघे सक्रान्तिको मेला को नामले प्रसिद्ध थियो । त्यतिखेर अत्यन्त कम बजार वस्ती अधिकाश ठाउ खाली खाली थिए तर माघे सक्रान्तिको बेला अस्थायी टहरा र यहि पसलले भरिभराउ हुन्थे । मदेशको सिद्रा भोटको नुन र उन पहाडका तामा फलाम काँचका भाडार्वतन भारतका किसिमका कपडा एव तत्कालीन विकास अाधुनिक सामान खेलौना आदिको बजारले वेनीबजारलाई व्यापारिक केन्द्रको अड्डा जमेको हुन्थ्यो ।

वेसी बादेशका पोके व्यारी हुन् कि पहाडका किसान डोके व्यापारी हुन् पश्चिमका तामा भाडा पसल व्यापारी हुन कि पाल्पाली भाडा व्यापारी हुन सखरखण्ड तरुल चाकु व्यापारी देखि डोल्पाली खसी व्यापारी सम्म मालामाल      हुन्थ्यो ।माघेसक्रान्तिको बेला दिनको व्यापारको लागि ठाउँ ओगट्न वुटवल भैरहवा पाल्पा पोखरा बाग्लुङ कुस्मा र हेरफेरका गाउँले व्यापारी सम्म हप्तौ अगाडि देखि ठाउँ ओगट्न आईपुग्थे ।

बोलेको मूल्यमा बेच्न पाउने त्यसबेलामा व्यापारीहरु हरेक वर्षको माघे सक्रन्तिको बेला पर्खन आतुर देखिन्थे।जब माघे सक्रन्तिले पाइला हाल्थ्यो व्यापारीहरु दंगदास पर्दथे ।

आधुनिक व्यापारी बाहेकका स्थानीय किसानी तथा बनपैदावर व्यवसायीहरु पनि वेसरी लाभान्वित देखिन्थे।स्थानिय दाम्लो कुचो नाङ्लो थुन्से डोका मान्द्रो गुन्द्री चकटी घरवुना कपडा घ्यू कुराउनी उखु पिडाँलु आदिको व्यापार पर्याप्त चम्केको देखिन्थ्यो ।

साँगीतिक र साँस्कृतिक सम्पदा पनि कम उत्साहजनक थिएनन् । माघे सक्रान्ति मेला अघिपछि गरी हप्तौ दिन सम्म स्वस्फुर्त लोक दोहोरी संगै लोक धुन, भजन, लोकनृत्यका संगीतहरु त्यक्तिकै गुन्जयिमान हुन्थे । यानीमाया, सालैजो, निरुमाया दूली एवं गाँउ भीर पाखामा उम्रने लोक भाकाले सिंगो वेनबजारलाई राम्रैसंग छोप्थे । प्राय घर घर टौवा, पौवा, ठाँटी, वारी, कान्ला, घरको करेसा, पताहा कोठा चौरामा विभिन्न ठाँउ र गाँउबाट आएर भेला भएका तन्नेरी तरुनीहरुले मादल मुर्चुङ्गा, डम्फु, मुरली, बाँसुरी, चाँप, जस्ता स्थानीय बाजामा साँगीतिक कार्यक्रम रन्काउथे । आज भोलिको जस्तो साउण्ड सिस्टम नभएर के भो त कोशौ टाढासम्म सुमधुर साँगीतिक स्वर मञ्जरी ध्वनी प्रति ध्वनित भएर फैलिन्थे । त्यसैले जो कोहीले पनि माघे सक्रान्ति मेलाको विशेषता बुझेपछि  वा वेनीबजार वा माघे सक्रान्ति मेला भन्दै आत्मानुभुति गर्दथे ।

यसरी वेनी बजारमा पर्वेनी लाग्ने माघे संक्रान्ति मेलाले वर्तमान महोत्सवलाई उजागर गथ्र्यो स्वतस्फुर्त रुपमा- प्राकृतकि रुपमा अत्यन्त सरल सहज अनि समदुरी भावमा।

मेला विथोलिदै गयो

समयको क्रमसँगै माघे संक्रान्तिको मेलाको तामझाम सम्झना र इतिहासमा सीमित रहन पुग्न गयो । मेलाको रौनक कम हुनमा जाँड रक्सी जुजाको कारण फैलदो विकृति सामाजिक असुरक्षा गाँउ ठाउँ देउराली भञ्जाङ आदिमा पनि मेला लाग्ने प्रचलन बढ्दै जानु आदि प्रमुख कारकको रुपमा देखिन आउँछ ।

उद्योग वाणिज्य संघको अर्को पहल कदमी

तत्कालीन परीवेशमा उद्योग वाणिज्य संघ सांगठीन संरचनामा अस्तित्वमा थिएन । जव उद्योग वाणिज्य संघ उद्योगी व्यापारीहरुको हितको खातिर संगठित रुपमा देखापर्यो तव व्यापारीक दृष्टिकोण   अहम महत्व बोकेको माघे संक्रान्ति मेलालाई  जगाउने प्रयत्नहरु गरिए शुरु शुरुमा उद्योग वाणिज्य संघ समेतको पहलमा गा वि स क्लब, निर्माण व्यवसाय संघ, आदिले नौलो रचनात्मक कार्यक्रम ल्याएको थियो । ती विभिन्न कार्यक्रम मध्ये २०५९ सालमा ल्याएको नयाँ कार्यक्रमले मेला जगाउने सवालमा उत्साहजनक लहर ल्यायो र हलचल नै पैदा गर्यो ।त्यतिखेर उद्योग वाणिज्य संघले गरेको यहि हो– वेनी म्याग्दी स्थित हरेक सरकारी गैरसरकारी संघ संस्था एवंसामाजिक शैक्षिक साहित्यीक संघ सस्थाहरुले आफनै प्रायोजनमा कुनै न कुनै कार्यक्रम प्रस्तुत गर्ने ।

त्यो वर्षको कार्यक्रम यहि राम्रोसंग सफल भयो कि झण्डै झण्डै माघे सक्रान्ति मेलामा पुरानो रौनक फर्के फर्के जस्तो भएको थियो स्थानिय देखि राष्ट्रिय स्तरका कलाकारहरुको जमघटले लोकदोहोरी लोकनृत्यलाई राम्रैसंग उराले औद्योगिक व्यापार मेलाले ग्राहक तथा व्यापारीहरुमा उत्साह थपे सामाजिक सर्जक साहित्यिक वान्धु–वान्धव सरकारी एवं गैर सरकारी संघ सस्थाका यावत कार्यक्रमले सवै सवैलाई व्यस्त वनायो अन्तत माघे संक्रन्ति मेला २०५९ अघोषित महोत्सवको रुपमा रुपान्तरित भयो ।

म्याग्दी महोत्सव २०६० को आयोजना

२०५९ सालको महोत्सवले म्याग्दी जिल्लालाई जिल्ला वाहिर चिनाउन सफल रहेकोले२०६० मा पनि महोत्सव आयोजना गरियो ।म्याग्दी जिल्लामा हुने उत्पादन गरिने वु्तु देखि म्याग्दीलाई पहिचान गराउने जे जो भेटिए सवैलाई समेट्ने प्रयत्न गरएको थियो ।हुन पनि दर्शक शुभचिन्तक इष्टमित्रहरु लाखौले भरपुर फाइदा उठाएको महशुस गरिएको थियो । म्याग्दी र सदरमुकाम वेनीको ताम फेरि एक पटक राष्ट्र र अन्तराष्ट्र क्षेत्र समेतमा उछालिने मौका पाएको थियो ।

२०६३ को महोत्सवको ताम झाम

महोत्सव २०६१ र २०६२ मा पनि गर्ने सोच नभएको होइन तर त्यतिखेर नेकपा माओवादिको विद्रोहको कारण विस्तारित भएको चरम द्बन्दात्मक वातावरणबाट म्याग्दी पनि पटक्कै अछुतो थिएन । अझ २०६० सालको चैत्र ७ गते वेनीबजारमा माओवादीबाट भएको भीषण आक्रमणको लागि २०६० माघमा भएको महोत्सवले महत्वपूर्ण वातावरण बनाउन सघाउ पुर्याएको थियो भन्ने एक थरी विचारले २०६१ र २०६२ मा महोत्सवको आयोजना सम्भव हुनै सकेन ।

२०६२÷६३ को जन आन्दोलन भाग÷२ ले लोकतन्त्र स्थापना गरि छाडेको पृष्ठ भुमिमा देशमा शान्ति छाएको अवस्था पारी पुन म्याग्दी महोत्सव को आयोजना गरिएको छ । यस वर्षको महोत्सवमा जिल्लाका सम्पूर्ण पक्षलाई समेट्ने प्रयास गरिएको छ ।फलस्वरुप महोत्सवको तयारी जोडतोडले अगाडि वढेको कुरा सहर्ष जानकारी गराउदछै ।

म्याग्दीमहोत्सवएवं लघुउद्यम, कृषि, वन, औद्योगिक, व्यापारीक, साँस्कृतिक, पर्यटनतथामाघेसक्रान्तिमेला२०६३ आयोजकः म्याग्दीउद्योगवाणिज्यसंघ, जिविसम्याग्दीअर्थुङ्गेगाविसम्याग्दी

 

 

उत्कृष्ठ गन्तब्यहरु

पर्यटन समाचार