म्याग्दी जिल्ला र म्याग्दी भ्रमण बर्ष २०७५

नेपालको मध्य पश्चिमी पहाडी क्षेत्र र धौलागिरी हिमालको काखमा अवस्थित पूर्वमा कास्की र पर्वत, पश्चिममा बागलुङ, डोल्पा र रुकूम, उत्तरमा मुस्ताङ र डोल्पा तथा दक्षिणमा बागलुङ जिल्लाहरुसँग सिमाना जोडिएको म्याग्दी जिल्लाको कूल जनसंख्या ११३६४१ रहेको छ । २२९७.०९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस जिल्ला समुन्द्री सतहदेखि ७९२ देखि ८१६७ (धौलागिरी हिमालको चुचुरो) मिटरको उचाईंमा अवस्थित छ । संघीय पुर्नसंरचना अनुसार यहाँ १ नगरपालिका र ५ वटा गाउँपालिका रहेका छन् भने १ प्रतिनिधी सभा र २ प्रदेश सभामा विभाजन गरिएको छ । जसमध्ये प्रदेश सभा “क”अन्तर्गत बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपलिका पर्दछन् भने प्रदेश नं. “ख”अन्तर्गत धवलागिरी गाउँपालिका, मालिका गाउँपालिका र मंगला गाउँपालिका पर्दछन् ।

म्याग्दी जिल्ला प्राकृतिक, धार्मिक, ऐतिहासिक विविधताको धनी जिल्ला हो । भौगोलिक, प्राकृतिक, साँस्कृतिक, धार्मिक, भाषिक र जातिय विविधताको संगम म्याग्दी जिल्लाको मुल विशेषता हो ।

बेनी नगरपालिकामा रहेका ज्यामरुककोटको धुरी, प्राकृतिक उपचारका लागि प्रसिद्व सिंगा तातोपानी कुण्ड, पवित्र तीर्थस्थल मुक्तिनाथ धामको प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धाम, पौलस्त्य ऋषिको तपोभूमि पौलस्य पुलहाश्रम, स्वर्गाश्रम, जगन्नाथ मन्दिर, वि. सं. १४९३ देखि १८३४ सम्म ३५० वर्ष अस्तित्वमा रहेको पर्वत राज्यको राजधानी ढोल्ठान, महारानी थान, शिवालय मन्दिर, बेनीकोट, रघुगंगा गाउँपालिकामा रहेका ऋखार, रुईसेको धुरी, टोड्केको धुरी, नेपालकै सबैभन्दा लामो झोलुंगे पुल, खरी खानी, हनी हन्टिङ्गका लागि प्रख्यात मह भिर, अन्नपूर्ण गाउँपालिकामा रहेका अन्नपूर्ण हिमालको आधार शिविर, बाजा बज्ने पहाड, रुप्से छहरा, विश्वकै सबैभन्दा गहिरो अन्ध गल्छि, भूरुङ्ग तातोपानी कुण्ड, घोरेपानी–पुनहिल, मोहरे डाँडा, खोप्रालेक, खयर बाराही ताल, कान्छी भारानी ताल, धवलागिरी गाउँपालिकाका धौलागिरि हिमाल, गुर्जा हिमाल, मानापाथी हिमाल, चुरेन हिमाल, ढोरपाटन शिकार आरक्ष, जलजला, ताकमकोट, क्रिष्टल, फलाम तथा तामा खानी, मालिका गाउँपालिकामा रहेका निस्कोटको बराह ताल, मालिका मन्दिर, भालेबास्ने ताल, तामा, फलाम, स्लेट ढुंगा खानी, मंगला गाउँपालिकाका झाँक्रीपानी, टोड्केको धुरी, सोलेको धुरी, मालिका मन्दिर जस्ता प्राकृतिक, धार्मिक र पौराणिक तथा ऐतिहासिक स्थलहरु रहेका छन् ।

यसैगरी यस जिल्लामा धौलागिरी सेन्चुरी पदमार्ग, पश्चिम धौलागिरी, धौलागिरी आईसफल, गुरिल्ला पदमार्ग, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, फ्रेन्चपास, धम्पुसपास, हिडेन भ्याली जस्ता पर्यटकिय स्थल र पैदलमार्गहरु रहेका छन् । यसैगरी जलविद्युत एवं जलविहारका लागि उपयुक्त म्याग्दी, काली, रघुगंगा नदीका साथै मिरिस्ती, रुप्से, घार, बेग, गुर्जा, मराङ, दर, रितुङ, दुखु, भाइबाङ, नेवारे, अर्जे, घट्टे खोलाहरु जस्ता भौगोलिक र विवधितायुक्त प्राकृतिक सम्पदाहरु, जिल्लाको हिमाली तथा पहाडी जंगलमा पाईने लालीगुँरासे बन, पाँचऔले, यार्सागुम्बु, सुगन्धवाल, जटामसी, निरमसी, टिंमुर, सिलटिम्मुर, लौठसल्ला जस्ता औषधीजन्य महङ्खवपूर्ण जडिबुटिहरु र महत्वपूर्ण बनस्पती, अर्गेली, लोक्ता, चाल्ने सिस्नु जस्ता गैरकाष्ठ वनपैदावारहरु लगायतका यस जिल्लाका मुख्य भौगोलिक, प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक र पौराणिक विशेषताहरु हुन् ।

मगर जातीको बाहुल्यता रहेको यस जिल्लामा क्षेत्री, विश्वकर्मा, बाहुन, दर्जी, छन्त्याल, चर्मकार, ठकुरी, नेवार, गुरुङ, थकाली, किसान, तामाङ, सन्यासी÷दशनामी, मुसलमान जस्ता जनजाती जातजातीहरुको बसोबास भएकोले म्याग्दीमा उत्पत्ति भएको थालि नाच, मगर समुदायको पुख्र्यौली नृत्य, छन्त्याल समुदायको पुख्र्यौली, नेवार समुदायको हनुमान नाच, जोगी नाच लगायतका नाचहरु, म्याग्दीबाट उत्पत्ति भएको लाखे नाच लगायत भेषभुषाहरु र क्षत्री, नेवार, मगर, छन्त्याल लगायतका जातजातिका भेषभुषाहरु समेत आकर्षण बन्न सक्दछन् ।

यसैगरी मुस्ताङ्ग हुँदै छिमेकी देश चीन जोड्ने राजमार्गको प्रवेश विन्दु हुनुले पनि यस जिल्लामा पर्यटन, जलविद्युत तथा अन्य व्यवसायका अनुकुल सम्भावनाहरुको अध्ययन, अनुसन्धान पहिचान र प्रचार प्रसारमा यस जिल्लाका उद्योगी व्यापारी व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको म्याग्दी उद्योग वाणिज्य संघ लगायतका निकायहरुले विगतमा विभिन्न प्रयासहरु गरिंदै आईरहेका छन् ।

हामीसँग भएका अनगिन्ती प्राकृतिक सौन्दर्यता, धार्मिक, ऐतिहासिक, पौराणिक स्थलहरुसम्म पर्यटकको नजरमा पु¥याउनु भ्रमण वर्षको मूख्य उद्देश्य हो । बेनी हुँदै मुस्ताङ जाने हजारौ पर्यटक मध्ये सयौ पर्यटकलाई मात्र रोक्न सकियो भने पनि म्याग्दीको पर्यटनले कोल्टो फेर्न सक्छ । यही बाटो हुँदै हजारौ पर्यटक अन्य जिल्लामा जान्छन् तर नगन्य मात्रामा उनीहरुले यस क्षेत्रको भ्रमण गर्छन् । अझ भनौ बेनी बजार एउटा ट्रान्जिट मात्रै बनेको छ । पर्यटकहरुलाई म्याग्दीमा १, २ दिन घुमाउनका लागि प्रशस्त सम्पदाहरु छन् । नत उनीहरुलाई रोक्न सकिएको छ । नत यही क्षेत्रको लागि गन्तव्य बनाएर आन्तरीक वा बाह्य पर्यटक भित्राउन सकिएको छ । अब ती पर्यटकिय स्थलहरुको पहिचान र प्रचार प्रसार गरि पर्यटकहरुलाई ती स्थानहरुसम्म भ्रमणका लागि पु¥याई स्थानीयको आयआर्जनमा थप टेवा पु¥याउने समय आएको छ र यसै उद्देश्य परिपूर्तिका लागि म्याग्दी भ्रमण बर्ष २०७५ को आयोजना गरिएको हो ।

 

परियोजनाको मुख्य उद्देश्यः

  • पर्यटकिय सम्भावना बोकेका, जिल्लाभित्र रहेका ऐतिहासिक, पौराणिक र धार्मिक एवं प्राकृतिक पर्यटकिय स्थलहरुको पहिचान र प्रचार प्रसार गर्दै जिल्लाको आर्थिक प्रबद्र्धनमा टेवा पु¥याउने ।
  • म्याग्दी जिल्लालाई पर्यटकिय गन्तब्य स्थलको रुपमा विकास गर्ने ।
  • जिल्लाको पर्यटन ब्यवसायलाई प्रबद्र्धन गर्ने ।
  • बैदेशिक रोजगारीलाई कमी गर्दै स्थानीय स्तरमै रोजगारीको सृजना गर्ने ।
  • विभिन्न जातजातिहरुको मौलिक कला, साहित्य, संस्कृति, भेषभूषाहरुको प्रदर्शनी गरी लोप हुन लागेको मौलिक एव् साँस्कृतिक महिमालाई उँचो राखी नयाँ पुस्तालाई जानकारी गराउने ।

उत्कृष्ठ गन्तब्यहरु

पर्यटन समाचार