म्याग्दी भ्रमण बर्ष २०७५ किन?
म्याग्दी जिल्ला प्राकृतिक, धार्मिक, ऐतिहासिक विविधताको धनी जिल्ला हो । भौगोलिक, प्राकृतिक, साँस्कृतिक, धार्मिक, भाषिक र जातिय विविधताको संगम म्याग्दी जिल्लाको मुल विशेषता हो । हामीसँग भएका अनगिन्ती प्राकृतिक सौन्दर्यता, धार्मिक, ऐतिहासिक, पौराणिक स्थलहरुसम्म पर्यटकको नजरमा पुर्याउनु भ्रमण वर्षको मूख्य उद्देश्य हो । ती पर्यटकिय स्थलहरुको पहिचान र प्रचार प्रसार गरि पर्यटकहरुलाई ती स्थानहरुसम्म भ्रमणका लागि पुर्याई स्थानीयको आयआर्जनमा थप टेवा पुर्याउने समय आएको छ र यसै उद्देश्य परिपूर्तिका लागि म्याग्दी भ्रमण बर्ष २०७५ को आयोजना गरिएको हो । विस्तृतमा