संसारकै चर्चित पदमार्गमा ढुंगाले बनाइएको सिँडीमै मोटरबाटो ठोकिँदा पदयात्रामा रमाउने पर्यटकले बैकल्पिक मार्गको खोजी गर्न थालेका छन् । मनोरम दृष्य, ग्रामिण बस्ती, नेपालीको आत्मियता, कला, संस्कृति, विभिन्न जातजातीको भेषभुषाको अवलोकन गदैं यात्रा गर्न चाहने पर्यटकलाई पर्यटकीयस्थल सम्मै पुगेको सडक बाधक बनेको छ ।

विश्वका विभिन्न देशबाट लामो पदयात्राका लागि भित्रिएका पर्यटकलाई लक्षित गरी विस्तार गरिएका पदमार्ग मोटरबाटोका कारण खुम्चिएसंगै नेपालमा खर्चका लागि छुट्टाएको खर्च समेत अन्य देशमा पुगेर खर्च गर्ने गरेका छन् ।

ग्रामिण क्षेत्रमा धमाधम विस्तार भइरहेका सडकले पदमार्ग ध्वस्त बनाउँदा पदमार्गको यात्रका लागि नेपालमा आउने पर्यटकले बैकल्पिक तथा नयाँ पदमार्गको खोजी गर्न थालेपछि सडककै कारण पदमार्ग आसपासका खुलेका होटल तथा रेष्टुरेन्ट ब्यवसाय संकटमा परेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष दिपकराज अधिकारीले बताए।‘चर्चित पदमार्ग रित्तै हुन थालेका छन्,‘पदमार्गलाई सडकले ध्वस्त बनाएको छ’अधिकारीले भने ।

उनका अनुसार नेपालमा प्रदेश नं ४ पदयात्राका लागि सुन्दर गन्तब्य भएको बताउँदै अन्नपूर्ण, धौलागिरी लगाएत बर्षेनी हजारौं पर्यटकको रोजाईम पर्ने पदमार्गको अवस्था नाजुक रहेको बताए ।‘पुराना पदमार्ग विश्वभरका पर्यटकले अझै रोज्ने गरेका छन्,‘पदमार्गलाई जोगाउन स्थानीय तहबाटै सक्रियता देखाउनुपर्छ’ उनले भने । पदमार्गलाई जोगाएर स्थानीयको सहजताका लागि मोटरबाटो विस्तार गर्नुपर्नेमा पदमार्गलाई रोजीरोजी विस्थापित गरिएको उनले गुनासो गरे ।

मोटरबाटो ग्रामिण बिकासमा आधार भएपनि पर्यटनको क्षेत्रका लागि दुस्मन सावित भएको आरोप समेत लगाए । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकहरू मनास्लु लगाएत देशका अन्य पर्यटकीयस्थलको खोजी गर्न थालेको बताउँदै स्थानीय, प्रदेश र संघीय जनप्रतिनिधिबाट पदमार्गको संरक्षणमा तत्काल योजना बनाउनुपर्नेमा जोड दिएका छन् ।

पोखरा आउने अधिकांस पर्यटकले अन्नपूर्ण पदमार्गलाई प्राथमिकता दिने गरेका छन्। नेपालमा भित्रिने विदेशी पर्यटक मध्ये ठुलो हिस्सा पर्वतीय र पदयात्रामा जाने पर्यटक भएको बताउँदै पर्यटन ब्यवसायीले पुराना पदमार्गलाई संरक्षण गर्न सकेमा अझै पर्यटकलाई रोक्न सकिने अवस्था रहेको पर्यटन ब्यवसायीको भनाई छ ।

एउटा पदमार्गको प्रचारप्रसार तथा पर्यटकको रोजाईमा पार्न धेरै समय लाग्ने बताउँदै पर्यटन ब्यवसायीले नेपालका धेरै घुम्ने पर्यटकीयस्थलमै मोटरबाटोको पहुँचका कारण नेपालमा खर्च गर्ने योजना बनाएर आएका विदेशीले भारत र थाईल्याण्डमा पुगेर खर्च गर्ने गरेको टे«किङ एजेन्सीको भनाई छ । पदमार्गले यात्रा छोटिनुका साथै पर्यटकको खर्च समेत घट्ने गरेको बताउँदै पर्यटनको क्षेत्रमा प्रभावकारी योजना बनाउन आवश्यक रहेको धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।

‘म्याग्दीलाई जोड्ने पदमार्गको अवस्था निकै नाजुक छ,‘पदमार्ग आसपासका क्षेत्र सुनसान छन’ बानियाँले भने । पदमार्ग आसपासमा खुलेका करोडौंको लगानी समेत अलपत्र अवस्थामा पुगेको बताउँदै पर्यटन ब्यवसायीले बैकल्पिक ब्यवसाय सुरु गर्नुपर्ने अवस्थामा पुगेको बताए । अन्नपूर्ण पदमार्गमा खुलेका होटलमा दैनिक मुस्किलले चिया विक्री गर्न समेत धौधौ रहेको ब्यवसायीको गुनासो छ ।

होटल ब्यवसायलाई छोडेर पशुपालन, कृषि, बैदेशिक रोजगारमा आर्कषित हुन थालेका छन् । केही रेष्टुरेन्ट गोठ जस्तै भएका छन् भने केही अझैपनि पर्यटकको प्रतिक्षामा दैनिक खुल्ने गरेका छन् ।अन्नपूर्ण पदमार्गमा आउने विदेशीले करिव १७ दिनको प्याकेजमा खर्च गर्ने योजना बनाएर आएपनि पाँच दिनमै सवारीसाधनबाट घुमेपछि बाँकी बजेटलाई छिमेकी देशमा पुगेर खर्च गर्दा त्यसले नेपालको अर्थतन्त्रमा दिर्घकालिन असर गर्ने ब्यवसायीको भनाई छ ।

अन्नपूर्ण पदमार्गको १९ दिने गन्तब्य अहिले सडककै कारण करिव एकहप्तामै सकिन्छ । उनले पुराना पदमार्गमा सडक र नयाँ पदमार्गमा पूर्वाधारको अभावले पर्यटकलाई सास्ती भएको बताए । अन्नपूर्ण पदमार्गको विकल्पमा कञ्चनजंगा, गणेश हिमाल, मनास्लु लगाएत मोटरबाटोका पहुँचभन्दा टाढा रहेका पदमार्गको खोजी गर्न थालेका छन् । जिल्लाको प्रमुख पर्यटकीयस्थल घोरेपानीमा सडक पु¥याउन स्थानीय सक्रिय छन् । गाउँपालिकाबाट बजेट विनियोजन गरी पदमार्गस्थल हुदै त्यहाँसम्म सडक पु¥याउन स्थानीयले देखाएको सक्रियताले समेत थप पदमार्गमा रमाउन चाहनेलाई असर गर्ने देखिन्छ ।

गत बैशाख ३० गते म्याग्दी २०७५ सालमा म्याग्दी भ्रमण बर्षको सुभारम्भ गदैं संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पदमार्गको राजधानी म्याग्दी भएको बताउँदै पदमार्गको संरक्षण, विस्तार र पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिएको बताएका थिए ।

उनले नेपालमा भित्रिने पर्यटकको ठुलो हिस्सा पदमार्गमा जाने बताउँदै मनोरम हिमश्रृखला, जातीय संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य लगायत प्रस्तुत गरी पर्यटकलाई आर्कषित गर्ने गरी सरकारले बजेटमा प्राथमिकता दिने बताए । म्याग्दी जिल्लामा बर्षेनी करिव ७० हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिने गरेका छन् ।

म्याग्दी हुदै मुस्ताङ जाने पर्यटक समेत मोटरबाटोका प्रयोग गर्न थालेपछि उत्तरी म्याग्दीमा रहेका पदमार्गको अतित्व करिव सकिएको छ । म्याग्दीबाट मुस्ताङ जोड्ने पदमार्ग प्रयोगमा छैनन् । यसैबीच म्याग्दी भ्रमण बर्षको सुभारम्भसंगै जिल्लाका पुराना पदमार्गको संरक्षण तथा मर्मत र नयाँ पदमार्गको प्रचारप्रसार र पूर्वाधार विस्तार गरिने भएको छ ।