जिल्लाको अति विकट धौलागिरी गाउँपालिका–१ गुर्जाबाट छिमेकी जिल्ला बागलुङको ढोरपाटन जोड्ने गुर्जा–रूघाचौर–ढोरपाटन पदमार्ग बनेको छ । स्थानीय र पर्यटकलाई लक्षित गरी .गाउँपालिका र स्थानीयबासीको जनश्रमदानमा घोरेटो बाटोको पहिलो चरणको काम सम्पन्न भएको वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता झकप्रसाद छन्त्यालले बेनीअनलाइनलाई बताए ।

‘पदमार्गले यात्रा छोटिएको छ,‘स्थानीयमा उत्साह थपिएको छ, पर्यटकलाई राहत मिलेको छ’ छन्त्यालले भने ।उनले आगामी एकबर्ष भित्र एकबर्षभित्र ढोरपाटनसम्म पु¥याउने बताए । बागलुङ, म्याग्दी र रूकुमसम्म फैलिएको आरक्षको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुर्जा र लुलाङको जलजला हुदै म्याग्दी भित्राउन समेत पदमार्गले सहज भएको बताए ।

मानवबस्तीको विस्तार संगै गुर्जाबाट कृषि तथा अन्य प्रयोजनका लागि ढोरपाटन जाने प्रयोगमा ल्याइएको बाटोमा आवतजावत गर्ने क्रममा पर्यटक समेत हराउने गरेको बताउँदै पदमार्गको निर्माण संगै आवश्यक स्थानमा जानकारी दिने चिन्ह समेत राखिएको छ ।

पुरानो बाटोलाई मर्मत तथा फराकिलो बनाउन दैनिक ६० जना परिचालन गरिएको उनको भनाई छ । करिव १२ किलोमिटर पदमार्गका करिव चार किलोमिटर आसपासमा काम सम्पन्न भएको छ । पछिल्लो समय आन्तरिक पर्यटकको समेत रोजाईमा रहेको ढोरपाटन हुदै गुर्जा आउने रूघाचौर पदमार्गबाट धौलागिरी, अन्नपूर्ण सहित दर्जनौ हिमश्रंखलाको अवलोकन गर्न सकिन्छ । पदमार्गमा आउने पर्यटकलाई विश्राम गर्ने रूघाचौरमा स्थल समेत बनाईने पदमार्ग निर्माण उपभोक्ता समितिले जनाएको छ ।

गाउँपालिकाले पुराना घोरेटो बाटोको मर्मतलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । ढोरपाटन शिकार आरक्षको क्षेत्र भएपनि म्याग्दीले लाभ लिन नसकिरहेको अवस्थामा पदमार्गको विस्तारले भविस्यमा आन्तरिक तथा बाह्य पर्यटकलाई भित्राउन सहज हुने स्थानीयको भनाई छ । ढोरपाटन नगरपालिकका अन्र्तरगत पर्ने साविकको बोबाङ र अधिकारीचौर गाविसका बासिन्दाका साथै म्याग्दीको मुना, ताकम, धारापानीबाट ढोरपाटनमा खेतीपाती गर्नेलाई समेत सहज भएको छ ।