प्रशस्तै पर्यटकीय सम्भावना रहेका प्राकृतिक सुन्दरता र जैविक विविधता,ऐतिहाँसिक र धार्मिक महत्वले युक्त म्याग्दीका पाँचवटा रमणीय स्थलहरु प्रचारप्रसार र पूर्वाधारको पर्खाइमा रहेका छन् ।

धौलागिरि गाउँपालिकाको ताकमकोट,मालिका गाउँपालिकाको भालेवास्ने ताल, बेनी नगरपालिका ५ को जगन्नाथ धाम र ढोलठान दरवार तथा बेनी नगरपालिका २ को ज्यामरुकोटको कोटडाँडो प्रशस्तै पर्यटकीय सम्भावना बोकेका धार्मिक,ऐतिहाँसिक,पुरातात्विक महत्व,जैविक विविधता र प्राकृतिक सुन्दरताले युक्त ठाउँहरु प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेका हुन् ।

म्याग्दी जिल्लाको नामाकरण,यसको ऐतिहाँसिक महत्व र मल्लकालीन समयका जीवन्त इतिहाँसका साक्षी बनेका यी पाँचवटा ऐतिहाँसिक विरासतले युक्त पर्यटकीय संभावनाका स्थलहरु खोजकर्ता,पर्यटक र तीर्थयात्रीहरुका लागि समेत महत्वपूर्ण स्थलहरु मानिन्छन् । सम्भावनै सम्भावनाले युक्त हुँदाहुँदै पनि यी स्थलहरु प्रचार प्रसार र पूर्वाधारको अभावमा ‘भिल्लाका देशमा मणी’को नियति भोग्न वाध्य भएका म्याग्दीका सरोकारवालाहरुले बताएका छन् ।

यी पाँचवटा स्थलहरु मध्ये भालेवास्ने ताल बाहेक अन्य स्थानहरुबाट धौलागिरि,निलगिरी,गुर्जा,माछापुच्छ«े लगाएत एक दर्जनबढी हिमालहरुको मनोरम दृश्य आँखै अगाडी देख्न सकिन्छ । ‘१५ औं शताब्दीदेखिका ऐतिहाँसिक सम्पदाहरुको सुरक्षित भण्डारण गरिएका ताकम,ज्यामरुक र ढोलठान पुरातत्वविद् र खोजकर्ताहरुको लागि समेत महत्वपूर्ण स्थाथ हुनसक्छन्’जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यामवहादुर बानियाँले भन्नुभयो ‘तर,प्रचारप्रसार नहुँदा र भौतिक पूर्वाधारको अभाव हुँदा यस्ता सम्भावनायुक्त ठाउँहरु पनि गुमनाम रहेका छन् ।’

ज्यामरुककोटे अन्तिम मल्लराजा भर्तिवम मल्लका दाजुभाइहरुले राज्य गरेका ताकम,ढोलठान र ज्यामरुककोट ऐतिहाँसिक महत्वले मात्र होइन पर्यटकीय सम्भावनाले पनि महत्वपूर्ण स्थानहरु भएका धौलागिरि पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।‘यी ठाउँहरुको व्यापकरुपमा प्रचार प्रसार हुन आवश्यक छ’ वानियाँले भन्नुभयो ‘प्रचारप्रसारसंगसंगै पूर्वाधार निर्माणमा पनि ध्यान दिने हो भने राउण्ड अन्नपूर्ण र धौलागिरि जत्तिकै यी ठाउँहरु पनि पर्यटकहरुको आकर्षणका केन्द्र बन्न सक्छन् ।’

पुछारमा म्याग्दी नदी,उत्तरमा हिमश्रृङ्खला,सिरानमा ताकमकोट,ज्यामरुककोट र ढोलठान यी तीनवटा ऐतिहाँसिक स्थलको भूगोल पनि करिब करिब मिल्दोजुल्दो रहेको र तीनवटै ठाउँ ऐतिहाँसिक ठाउँ पनि भएकाले सगोलमा प्रचारप्रसार गरी ऐतिहाँसिकता झल्कने खालका पूर्वाधारहरु निर्माण गर्नुपर्ने म्याग्दीका इतिहाँसविद् एवम् जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णवहादुर बानियाँ बताउनुहुन्छ ।

ज्यामरुककोटमा रहेका मौलो,भाला,खुँडा,खुकुरी, तलवार,छेलो र घण्टहरुले मल्लकालीन समयको तत्कालिन अवस्थालाई बुभm्न सघाउ पु¥याउनुका साथै ताकमकोट र ढोलठानमा रहेका ऐतिहाँसिक हातहतियार र सामाग्रीहरु पर्यटकहरुका लागि नयाँ र कौतुहल जगाउने खालका भएकाले पर्यटकहरु तान्न सहयोगी हुने स्थानीय टीकावहादुर कार्कीले बताउनुभयो ।
सदरमुकाम बेनीबजारबाट यी सबै ठाउँहरुमा पुग्न यातायातको सुविधा पनि भएकाले यी स्थानहरुको महत्वका वारेमा बुझाउन सक्ने र ती ठाउँहरुमा पुग्ने पर्यटक,तीर्थयात्री वा अन्य व्यक्तिहरुका लागि आवश्यक पूर्वाधार विस्तार गर्ने हो भने म्याग्दी भ्रमणमा आउने पर्यटकहरुमध्ये ५० प्रतिशत भन्दा बढी पर्यटकहरु यी स्थानहरुमा पुग्ने नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मीनवहादुर कार्कीले बताउनुभयो ।

रावणको जन्मस्थान पौलस्त्य आश्रम क्षेत्र वरपरिका यी स्थानहरुको वर्णन श्रीमद्भागवत,मत्स्य पुराण लगाएतका ग्रन्थहरुमा गरिएको भएपनि ती ग्रन्थलाई आधारमानेर यी ठाउँहरुको प्रचारप्रसार र उपयोगिताको बारेमा कसैले ध्यान नदिएको पं निलकण्ठ आचार्यले बताउनुभयो ।

धार्किक,ऐतिहाँसिक र पर्यटकीय महत्वले मात्रै होइन प्राकृतिक सुन्दरता,जैविक विविधता र आनुवांशिक श्रोतहरुले समेत यी ठाउँहरु प्रशिद्ध रहेका छन् । यी सबै ठाउँहरुबाट सूर्योदय र सूर्यास्तको रमणीय दृश्य, चैतवैशाखमा राताम्ये लालिगुराँश, स्थानीय कृषि उपज र पशुपालनमा विविधता,डाँफे,कालिज,तित्रो,गौथली र विभिन्न प्रजातिका पुतलीहरुले पर्यटकको मनलाई आकर्षित गर्नसक्ने स्थानीय बुद्धिजीविहरुको भनाइ रहेको छ ।

त्यसैगरी म्याग्दी,पर्वत,मुस्ताङ र बागलुङ जिल्लाका दुई दर्जनभन्दा बढी गाउँहरु,म्याग्दी र कालीगण्डकीको नागबेली दृश्य,शुद्ध ग्रामिण मनोरम वातावरण, न्यानो आतिथ्य सत्कार,ग्रामिण घर र परिवेश अनि स्थानीय परिकार यी ठाउँहरुका थप विशेषताहरु रहेका छन् ।

म्याग्दीको सदरमुकाम बेनी बजारमा आएका आन्तरिक वा वाह्य पर्यटकहरुले बढिमा दुई दिनको वसाई लम्व्याउने हो र न्यूनतम ५ हजार रुपैयाँ अतिरिक्त खर्च गर्ने हो भने यी पाँचवटै ठाउँहरुमा पुगेर भरपुर मनोरञ्जन, ऐतिहाँसिक जानकारी लिनुका साथै धार्मिक लाभ पनि प्राप्त गर्न पाउने अवसर प्राप्त गर्न सक्ने म्याग्दीको भूगोल,इतिहाँस र पर्यटकीय स्थलहरुका जानकार कृष्णवहादुर बानियाँले बताउनुभयो ।